linktrix Long Ad
Salt Trading Long Ad

वरिष्ठ अधिवक्ता त्रिपाठी माथिको आक्रमण प्रति एमालेले भन्यो निष्पक्ष छानबिन होस

949
shares

काठमाडौं । नेकपा एमालेले माघ २ गते काठमाडाैं जिल्ला अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमण, गालीगलौज तथा सांघातिक हमलाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यसको निष्पक्ष छानविनको माग गरेको छ ।

प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीको धारणा सार्वजनिक गर्दै अराजक समूहबाट वरिष्ठ अधिवक्तामाथि भएको अमानवीय व्यवहारको निष्पक्ष र स्वतन्त्र छानबिन गरी दोषीउपर कडाभन्दा कडा कारवाहीको माग गरेका छन् ।

‘काठमाडौं जिल्ला अदालत परिसरबाट बाहिरिने क्रममा जाहेरवालाको तर्फबाट बहस गरेकै आधारमा बहस पैरवीका बुँदाहरुलाई लिएर अराजक समूहबाट वरिष्ठ कानुनविद् माथि भएको यसप्रकारको निन्दनीय कार्यको हाम्रो पार्टी खेद व्यक्त गर्दछ। नेकपा (एमाले) सदैव विधिको शासन र कानुनी राज, स्वतन्त्र न्यायपालिका र सम्वद्व कानुन व्यावसायीहरुको पेशागत हकहितका पक्षमा दृढ छ,अराजकता र उदण्डताको अन्त्य गर्न र यस्ता अमानवीय घटनाको विरोध गर्दै कडाभन्दा कडा कारबाहीको माग गर्दछ’ विज्ञप्तीमा उल्लेछ छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports