काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज कति छ ?
वि.सं.२०८१ माघ ४ शुक्रवार ०८:२०
shares

काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बिहीबारको तुलनामा आज खासै घटबढ छैन । शुक्रबार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस मापन भएको छ । बिहीबारको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस रहेको थियो ।
महाशाखाका अनुसार दिउँसो अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसबीच रहने जनाएको छ । गत शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस थियो । त्यसपछि शनिबार ५.७ र आइतबार र सोमबार ५, मंगलबार ४.८, बुधबार ४.३ र बिहीबार ४.६ डिग्री सेल्सियस मापन भएको थियो । शनिबार काठमाडौंको मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।




































