२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माधव नेपाल आउनुहुन्छ तर, हामीले माधव नेपालको लागि ढोका खोलेको छैनौं : शंकर पोखरेल

988
shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका लागि एमालेले ढोका खुला नगरेको बताएका छन् ।

शुक्रबार एकीकृत समाजवादीको जनवर्गीय संगठन समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी लगायतलाई पार्टी प्रवेश गराउँदै उनले माधव नेपाललाई एमालेले ढोका खुला नगरेको बताएका हुन् ।हार्दिकतापूर्वक स्वागत गर्ने हो भने विश्वमणि होइन माधव नेपाल आउनुहुन्छ तर, हामीले माधव नेपालको लागि ढोका खोलेको छैनौं,’ उनले भने ।उनले अगाडि थपे, ‘तर उहाँले जुन गल्ती गर्नुभएको छ त्यो गल्तीबापत उहाँलाई स्वागत गर्ने पक्षमा एमाले छैन । त्यसैले उहाँले अरुलाई रोक्न खोज्नुभएको छ ।’ एमालेले सम्मान दियो भने माधव नेपाल एमालेमा तत्काल फर्कने उनको जिकिर छ ।२० प्रतिशत केन्द्रीय सदस्य र जनप्रतिनिधिले पार्टी फुट्ने अध्यादेश ल्याउँदा पनि एमाले नसिद्धिएको भन्दै महासचिव पोखरेलले भने, ‘अध्यादेशले पार्टी बन्ने र सिद्धिने भन्ने होइन तर, अध्यादेश आयो भने पार्टी सिद्धिन्छ भन्ने त्रासपूर्ण मनोविज्ञानले पार्टी जोगिंदैन ।’

चुनावको घोषणा हुनासाथ नबन्ने पार्टीमा नेताहरू अडिएर बस्न नसक्ने महासचिव पोखरेलको जिकिर छ । ‘पार्टीमा भविष्य छैन भन्ने ठानेपछि नेता कार्यकर्ताले भविष्य खोज्छन्’ उनले भने, ‘इतिहास जहिले पनि शिक्षा र यात्रा लक्ष्यमा आधारित हुन्छ । इतिहासले मात्रै यात्रा अगाडि बढ्दैन ।’नेता पोखरेलले अगाडि थपे, ‘भविष्यका प्रश्नमा केन्द्रित भएर अगाडि बढ्ने प्रयास गर्नुपर्छ । समाजवादी बिदा हुँदैछ, एमाले जनताको लागि स्वीकार्य हुँदैछ ।’ एकीकृत समाजवादीको प्रमुख नेतृत्व बाहेक अरुलाई एमालेको ढोका खुला रहेको उल्लेख गर्दै उनले भने, ‘दुर्घटनाको नायक नायक नै हुन्छ । साथ दिनेहरू सबै जिम्मेवार हुँदैनन् ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports