२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

केपी ओली सरकार परिवर्तन हुने हल्ला निराधार हो : कोइराला

1.27K
shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान सरकार परिवर्तन हुने कुरा निराधार भएको बताएका छन् । नेपाल प्रेस युनियन मोरङले बुधवार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।

कांग्रेस र एमालेको सात बुँदे सहमतिको जगमा सरकार बनेको भन्दै सरकार परिवर्तन हुने कुरा निराधार भएको उनले बताए । उनले मुलुकको आर्थिक विकास, राजनीतिक स्थायित्व र संविधान संशोधनका लागि वर्तमान सरकार गठन भएको प्रस्ट पारे ।उनले दुई दलबिच भएको सहमति कार्यान्वयन गर्न सुझाव पनि दिए । संविधान संशोधनमा सबैको सहभागिता र अपनत्व कायम गराउन नेपाली कांग्रेस र एमाले बिचको सहमतिका साथै माओवादी केन्द्र, मधेसवादी दल लगायत अन्य दलहरूको पनि सहमति आवश्यक रहेको उनले बताए ।

नेता कोइरालाले नेपाली कांग्रेसको १५ औँ महाधिवेशन तोकिएको समय अर्थात् २०८२ मङ्सिरमा नै गर्न आग्रह गर्दे आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार हुने जानकारी दिए । कोइरालाले सरकारले ल्याएको अध्यादेशहरूको विषयवस्तु राम्रो भए पनि अध्यादेश ल्याउनु गलत भएको धारणा राखे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports