२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हालै बढुवा भएका २५ जना एसएसपीले लगाए फुली

1.53K
shares

काठमाडौँ । नेपाल प्रहरीका २५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । बुधवार आईजीपी वसन्त कुँवरले बढुवा भएका वरिष्ठ उपरीक्षकहरूलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।

पुस २९ मा बढुवा समितिको सिफारिसको आधारमा गृहमन्त्री रमेश लेखकले उनीहरूलाई एसएसपीमा बढुवा गर्ने निर्णय गरेका हुन् । दर्ज्यानी चिन्हबाट सुशोभित हुनेहरूमा रमेश थापा, अजय केसी, अनुपम शमशेर जबरा, वीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होबिन्द्र बोगटी, कृष्णप्रसाद पङ्गेनी, गोविन्द अधिकारी, विनोद सिलवाल, श्याम कुमार महतो, वेद विष्ट र शिव कुमार श्रेष्ठ छन् ।

त्यस्तै प्रकाश मल्ल, शान्तिराज कोइराला, जनार्दन जिसी, रन्जु सिग्देल, सन्तोष खड्का, सन्तोष कुमार भट्टराई, राजेन्द्र प्रसाद धमला, सन्तोष सिंह राठौर, सञ्जयसिंह थापा, बिमलराज कँडेल, महेन्द्र खड्का र प्रभु प्रसाद ढकाललाई आईजीपी कुँवरले फुली लगाइदिएका हुन् । प्राविधिक समूहतर्फका एसपी र डीएसपीहरुलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको प्रहरी प्रदान कार्यालयले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports