२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सदनबाट देश र जनताको नाममा अपिल गर्छु : प्रचण्ड

949
shares

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदनबाट देश र जनताको नाममा अपिल गर्ने बताएका छन् ।

बिहीबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले वर्तमान सरकारले सदन छलेर अध्यादेशबाट शासन गर्न खोजेको आरोप समेत लगाए । विपक्षी दलहरूले विशेष अधिवेशन बोलाउने भनेपछि मात्र सरकार संसद् बोलाउन बाध्य भएको उनको भनाइ छ । ‘ओलीजीले अध्यादेशबाटै शासन गर्न खोजेपछि हामी विपक्षहरूले अभिलम्ब सदन नबोलाए विशेष अधिवेशन बोलाउँछौं भनेपछि सरकारले १८ गते अधिवेशन राख्ने भएको छ’, अध्यक्ष प्रचण्डले भने, ‘हामी सदनमा सरकारका गलत कामप्रति जोडतोड प्रस्तुत हुन्छौं । प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले देश र जनताको नाममा मैले अपिल गर्छु ।’

अहिलेको सरकारले भ्रष्ट्राचारी र आना मान्छे बचाउने, राम्रो काम गर्ने संस्था र व्यक्तिमाथि आक्रमण गर्ने काम गरेको समेत प्रचण्डको आरोप छ । ‘यी सबैको समीक्षा आगामी अधिवेशनमा मैले गर्ने वाला नै छु’, उनले भने । संविधान र जनताको भावनाविपरीत अहिलेको सरकार गठन भएकोले धेरै पर नजाने उनको दाबी थियो । तर, आफूहरू सरकार ढाल्ने प्रक्रियामा नरहेको उनले बताए । ‘नीतिगत रूपमा सरकारको आयु धेरै लामो छैन । जुन ढङ्गले सरकारको जन्म भयो त्यो लामो आयुको छैन,’ उनले भने, ‘तर, हामीलाई सरकारमा अहिले कुनै रुचि छैन ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports