२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पुष्पक एक्सप्रेस दुर्घटनामा मर्नेको सङ्ख्या १९ पुग्यो

1.03K
shares

नयाँ दिल्ली । भारतमा पुष्पक एक्सप्रेस दुर्घटनामा मारिनेको सङ्ख्या १९ पुगेको छ । मृतकहरूमध्ये १२ जनाको पहिचान भएको छ । यीमध्ये चार जना नेपाली रहेको थाहा भएको छ ।

प्रहरीले मृतकका आफन्तहरूसँग सम्पर्क गरिरहेको छ । बुधबार करिब ५ बजे जलगांवमा पुष्पक एक्सप्रेसमा आगो लागेको अफवाह फैलिएको थियो । त्यसपछि हतारिएर यात्रीहरू झ्यालबाट हाम फाल्न लागे । यस क्रममा अर्को लिकमा आइरहेको रेलले ठक्कर दिँदा घटनास्थलमै १२ जनाको मृत्यु भयो । अन्य कयौँ घाइते भएका थिए । घाइतेहरूको उपचार भइरहेको बताइएको छ । सनाखत भएका चार जना नेपालका भएको प्रहरीले बताएको छ । मृतकहरू ४२ वर्षीय कमला नवीन भण्डारी, ४० वर्षका लच्छीराम कन्नु पाशी, १० वर्षका हिमु नंदराम विश्वकर्मा र ८० वर्षीय जयकला बडे जयकाडी हुन् ।

यीमध्ये तीन जना उत्तर प्रदेशमा बस्दै आएका थिए । दुर्घटनाका अरु १० जना घाइतेको विभिन्न निजी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports