२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

५१ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त

1.21K
shares

काठमाडौँ । ५१ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पहिलो चरणमा उनीहरूलाई नियुक्त गरेका हुन् ।

केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधान आयोग र जिल्लास्तरमा एक जना अध्यक्ष, विज्ञ र महिलासहित ३ जना सदस्य रहने व्यवस्था अनुसार मन्त्री अधिकारीले शुक्रवार १०१ जनालाई सदस्य पदमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ ।मन्त्री अधिकारीले छिट्टै सबै जिल्लामा भूमि समस्या समाधान आयोगले पूर्णता पाउने र वर्तमान सरकारकै पालामा भूमि समस्याको दिगो समाधान हुने विश्वास व्यक्त गरे ।

सरकारले भूमि क्षेत्रका समस्याहरूलाई दिगोरुपमा समाधान गर्न चाहेको मन्त्री अधिकारी भनाइ छ । यसअघि नै मन्त्रालयले जिल्लाहरूमा आयोगको जिल्ला समितिमा अध्यक्ष चयन गरिसकेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports