२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतको दिल्ली विधानसभा निर्वाचनको मत गणना ,आज कस्को बन्ला सरकार ?

936
shares

काठमाडौं । दिल्ली विधानसभा चुनाव २०२५ को मतगणना आज हुँदैछ । बिहान ८ बजेबाट मतगणना सुरु हुनेछ र मतगणनाको प्रारम्भिक रुझान ९ बजेबाट आउनेछ ।

दिल्लीमा फेब्रुअरी ५ मा ७० सिटमा ६०.५४ प्रतिशत मतदान भएको थियो । तीन ठूला राष्ट्रिय दल आम आदमी पार्टी (आप), भारतीय जनता पार्टी (भाजपा), कांग्रेसलगायतका ६ सय ९९ उम्मेदवार मैदानमा छन् । मुख्य प्रतिस्पर्धा आम आदमी पार्टी र भाजपाबीच छ । बहुमतका लागि ३६ सिट चाहिन्छ ।साँझसम्म स्पष्ट हुनेछ कि दिल्लीमा भाजपाको सरकार बन्छ कि आम आदमी पार्टीको ह्याट्रिक । भाजपा सरकार बनेमा २७ वर्षपछि फेरि सत्तामा आउनेछ । यसअघि सन् १९९३ मा भाजपाले ४९ सिट जितेको थियो भने ५ वर्षमा ३ जना मुख्यमन्त्री (मदनलाल खुराना, साहिब सिंह वर्मा र सुष्मा स्वराज) बनाएको थियो ।

त्यस्तै, २०२० मा आम आदमीका अरविन्द केजरीवाल तेस्रो पटक मुख्यमन्त्री बने तर मदिरा घोटालामा जेलबाट बाहिर आएपछि राजीनामा दिएका थिए । उनी ४ वर्ष ७ महिना ६ दिन मुख्यमन्त्री बने । त्यसपछि आम आदमीकी आतिषी मुख्यमन्त्री भइन् । उनी ४ महिना १९ दिन अर्थात फेब्रुअरी ८ सम्म मुख्यमन्त्री हुनेछिन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports