२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकी डलरको मूल्य घट्यो : यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

754
shares

नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। बिहीबार र शुक्रबार अहिलेसम्मकै सबैभन्दा महँगो मूल्यको रेकर्ड बनाएको अमेरिकी डलरको मूल्य आज घटेको छ।

त्यसैगरि आज युरो, कुबेती र बहराइन दिनारसहितका मुद्रा पनि सस्तिएका छन्। तर, अस्ट्रेलियन डलर, पाउन्ड लगायतका केही विदेशी मुद्राको मूल्य भने बढेको छ।राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ १९ पैसा छ।हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ थियो।नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। हिजो सर्वाधिक महँगो बनेको अमेरिकी डलरको मूल्य आज घटेको हो।

त्यसैगरी आज युरो एकको खरिदर एक सय ४४ रुपैया ९० पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५२ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४४ रुपैया ९६ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५८ पैसा थियो।त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ५९ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७३ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ५३ पैसा थियो।आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ७० र बिक्रीदर ८८ रुपैयाँ ०८ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८७ रुपैयाँ ६४ र बिक्रीदर ८८ रुपैयाँ ०१ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ५२ रुपैयाँ २७ पैसा र बिक्रीदर चार सय ५४ रुपैयाँ २२ पैसा छ। हिजो लागि कुवेती दिनार एकको खरिददर चार सय ५३ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ५५ रुपैयाँ ०६ पैसा थियो।त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ७० रुपैयाँ २७ पैसा र बिक्रीदर तीन सय ७१ रुपैयाँ ८६ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ७० रुपैयाँ ९१ पैसा र बिक्रीदर तीन सय ७२ रुपैयाँ ४९ पैसा थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports