२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतको दिल्ली विधानसभाको निर्वाचनमा भारतीय जनता पार्टीको जित

780
shares

दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)ले बहुमत ल्याउने निश्चित भएको छ।

बुधबार सम्पन्न मतदानको मतगणना शनिबार बिहानदेखि सुरू भएको थियो। दिउँसोसम्मको नतिजाले यसपालि दिल्लीमा भाजपाले बहुमत ल्याउने निश्चित भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।अपराह्नसम्मको मतपरिणामअनुसार ७० मध्ये ८ सिटमा भाजपा उम्मेदवार विजयी भएका छन् भने ४१ सिटमा अग्रता लिइरहेका छन्।त्यस्तै आम आदमी पार्टीका उम्मेदवार  ८ सिटमा विजयी र   १३ सिटमा अग्रता लिइरहेका छन्। कंग्रेस आईले  कुनैपनि सिटमा जित र अग्रता लिएको छैन।दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल नै यसपालि पराजित भएका छन्।

नयाँ दिल्ली सिटमा केजरीवाललाई भाजपाका प्रवेश शाहिब सिंह वर्माले पराजित गरे। उनले ३० हजार २४ मत ल्याएका  छन्। त्यो भनेको कुल खसेको मतको ४८.८५ प्रतिशत हो।केजरीवालले २५ हजार ९२५ मत पाए। त्यो भनेको ४२.१८ प्रतिशत हो। कंग्रेस आईका सन्दीप दिक्षितले ४ हजार ५४१ मत ल्याए। उनले ७.३९ प्रतिशत मत पाए।यसअघि २०२० मा अरविन्द केजरीवालले ४६ हजार ७५८ मत ल्याएका थिए। त्यतिबेला भाजपाका सुनिलकुमार यादवले २५ हजार ०६१ मत ल्याएका थिए। भारतीय नेशनल कंग्रेसका ३ हजार २२० मत मात्रै ल्याएका थिए।त्योभन्दा अगाडि २०१५ मा केजरीवालले ५७ हजार २१३ मत ल्याएका थिए। त्यतिबेला भाजपाका नुपुर शर्माले २५ हजार ६३० मत पाएकी थिइन् भने किरण वालियाले ४ हजार ७८१ मत ल्याएका थिए।

दिल्लीमा सन् २०१५ र सन् २०२० मा आम आदमी पार्टीले बहुमत ल्याएको थियो। २०१५ मा ७० मध्ये ६७ सिट र २०२० मा ७० मध्ये ६२ सिट आम आदमी पार्टीले जितेको थियो।केजरीवाल  मदिरा बिक्री सम्बन्धी नीतिमा घोटाला गरेको अभियोगमागत मार्च २१ मा पक्राउ पक्राउ परेका थिए।त्यतिबेला लोकसभा चुनावको मुखमा नरेन्द्र मोदी नेतृत्वको सरकारले आम आदमी पार्टीका नेता पक्राउ र कंग्रेस आईको बैंक खाता रोक्का गरिदिएको थियो।

त्यसले नागरिकहरू दिल्लीमा मोदी र भाजपालाई हेर्ने दृष्टीकोण नकारात्मक हुने र यसले कंग्रेस र आपलाई चुनाव जिताउने विश्लेषण थियो। सर्वेक्षणहरूले आप र भाजपाबीच कडा प्रतिस्पर्धा हुने प्रक्षेपण गरेको थियो। नतिजा भने त्यसको उल्टो आउने निश्चित भएको छ।दिल्लीमा सरकार बनाउन ३६ सिट जित्नुपर्छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports