२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतको नयाँ दिल्लीमा भूकम्प, सावधानी अपनाउन प्रधानमन्त्री मोदीको आग्रह

858
shares

काठमाडौं । भारतको नयाँदिल्लीमा भूकम्प आएको छ । सोमबार बिहान ५ बजेर ३६ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको केन्द्र जमिनभित्र करिब पाँच किलोमिटर गहिराइमा थियो ।भूकम्पले दिल्ली हल्लिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सबैलाई सुरक्षा सावधानी अपनाउन अपिल गरेका छन् । साथै सुरक्षा अधिकारीहरुलाई निगरानी बढाउन पनि उनले निर्देशन दिएका छन् ।

दिल्ली प्रहरीले भूकम्पबाट सबै सुरक्षित रहेको विश्वास व्यक्त गर्दै आपत्कालीन सहायता चाहिएमा ११२ नम्बरमा डायल गर्न भनेको छ ।दिल्लीकी पूर्वमुख्यमन्त्री आतिशी सिंहले दिल्लीमा ठूलो धक्का महसुस भएको भन्दै सबै सुरक्षित होउन् भनेर भगवानसँग प्रार्थना गरेको एक्समा लेखेकी छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports