सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संवैधानिक परिषदका ५२ जना पदाधिकारी नियुक्ति विरुद्धको मुद्धाको आज सुनुवाइ हुने

676
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा बुधबार सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतले २१ फागुनको सुनुवाइका दिन आजको मिति तोकेर मुद्दालाई हेर्दाहेर्दैमा राखेको थियो । आज अधिवक्ता ओमप्रकाश अर्यालको निवेदनमा वकालतनामा भरेका कानून व्यवसायीहरुले नै निरन्तर बहस गर्नेछन् ।प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषदले २०७७ पुस र २०७८ असारमा ३२ र २० गरी ५२ संवैधानिक पदाधिकारी नियुक्त गरेको थियो । अध्यादेशको भरमा संवैधानिक परिषद्को बैठक डाकिएको, संसदीय सुनुवाइविना उनीहरुको नियुक्ति भएको भनी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुडाल, डा. मनोज शर्मा, नहकुल सुवेदीको संवैधानिक इजलासले ५२ संवैधानिक पदाधिकारीहरु विरुद्धको मुद्दामा सुनुवाइ गरिरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports