सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अन्तिम मिनेटमा सेयर बजारमा हुने चलखेल रोक्ने प्रणाली आजबाट लागु

702
shares

काठमाडौं । अन्तिम मिनेटमा सेयर बजारमा हुने चलखेल रोक्ने प्रणाली आजबाट लागु भएको छ । नेपाल स्टक एक्सचेञ्जले आजदेखि अन्तिम १५ मिनेटको औसत कारोबारका आधारमा अन्तिम मूल्य निर्धारण गर्ने व्यवस्था सुरु गरेको हो ।

यस अनुसार अब प्रत्येक दिन दिनको २ः४५ देखि ३ः०० बजेसम्म कायम भएको मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य कायम गर्ने व्यवस्था गरेको हो ।उक्त अवधिमा कुनै कारोबार नभएको अवस्थामा भने पछिल्लो कारोबारलाई नै अन्तिम मूल्य मान्ने नेप्सेले जनाएको छ । अहिलेसम्म ३ बजेभन्दा अगाडि भएको अन्तिम कारोबार मूल्यलाई नै ‘क्लोजिङ प्राइस’ मानिदै आएको थियो ।

नेप्सेले यसअघि नै यो प्रणालीका तयार गरिसकेको थियो । तर, लागु गरेको थिएन । मंगलबार बसेको सञ्चालक समितिको बैठकले आजबाट उक्त प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेसँगै आजदेखि उक्त व्यवस्था लागु हुन लागेको नेप्सेले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports