सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट पनि सर्वोच्च अदालतमा दर्ता

767
shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट पनि सर्वोच्च अदालतमा दर्ता भएको छ ।

विहीवार दिउँसो सर्वोच्च अदालतमा दर्ता रिटमा शाक्यले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङको कार्यकाल बाँकी नै नभएको तर्क गरेका छन् ।यसअघि २५ साउन २०७८ मा तत्कालीन सरकारले त्यसबेलाका कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा तानेर कुलमान घिसिङलाई सो पदमा नियुक्त गरेको थियो ।सरकारको त्यो निर्णयको विरुद्धमा शाक्यले सर्वोच्चमा रिट हाले पनि चार वर्षसम्म त्यसमाथि सर्वोच्चले फैसला दिएको छैन ।

आफ्नो कार्यकाल बाँकी रहँदाको बखत नियुक्त भएका कुलमान घिसिङको नियुक्ति नै अवैधानिक भएकाले अहिले उनको कार्यकाल बाँकी नै नरहेको जिकिर हितेन्द्रको छ ।‘शाक्यको कार्यकाल साढे तीन वर्ष भन्दा लामो समय बाँकी नै रहँदा घिसिङलाई कार्यकारी निर्देशक नियुक्ति गरिएको रहेछ । अहिले फेरि घिसिङलाई हटाएर शाक्यलाई नियुक्ति दिइएको छ । त्यसमा घिसिङले आफ्नो कार्यकाल बाँकी छँदै हटाइयो भन्न मिल्ने अवस्था होइन,’ यो मुद्दामा काम गरेका एक जना अधिवक्ताले भने, ‘शाक्यको पदावधि बाँकी छँदै नियुक्त भएका घिसिङको कार्यकाल बाँकी रहन सक्दैन, र अहिले शाक्यलाई नियुक्त गर्ने विषयमा त्यो हानिकारक हुन सक्दैन भन्ने हाम्रो तर्क छ ।’

अहिले शाक्यको ठाउँमा अरु कसैले नियुक्ति पाएको भए घिसिङले कार्यकालको प्रश्न उठाउन ठाउँ हुने भए पनि शाक्य नै नियुक्त भएर आएकाले त्यो नरहने उनको तर्क छ ।आफूलाई तत्कालीन सरकारले बर्खास्त गरेको नभई सरुवा गरेको र त्यो आफूले अस्वीकार गरिसकेको अवस्थामा प्राधिकरणबाट त्यस अवधिमा पाउनुपर्ने सेवा सुविधा समेत दिलाई पाउँ भन्ने माग पनि गरेका छन् ।

प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त गरिएको घिसिङले पनि विहीवार नै सर्वोच्चमा मुद्दा दर्ता गरेका छन् । आफ्नो कार्यकाल बाँकी छँदै अवैधानिक रुपमा हटाइएको भन्दै घिसिङले त्यो निर्णय कार्यान्वयन नगर्न माग पनि गरेका छन् ।घिसिङ र शाक्य दुवैको रिटमाथि शुक्रवार सँगै सुनुवाइ हुने सम्भावना छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports