सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार पत्रकार गणेश बस्नेतलाई दिईने

689
shares

काठमाडौं। रिपोर्टर्स क्लब नेपालले यस वर्षको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ जनता टाइम्स डटकमका अध्यक्ष तथा प्रधान सम्पादक गणेशबहादुर बस्नेतलाई दिने निर्णय गरेको छ । क्लबका संस्थापक सभापति ऋषि धमलाको सभापतित्वमा पुरस्कार छनौट समितिको आज (बिहीबार) बसेको बैठकले सो निर्णय गरेको हो ।

क्लब नेपालले हरेक वर्ष प्रदान गर्दैआएको सो पुरस्कार क्लबको चैत १७ गते काठमाडौंको राष्ट्रिय सभागृहमा हुने २७औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सो पुरस्कार प्रदान गर्नेछन् ।पुरस्कारको राशि नगद एक लाख रुपैयाँ रहेको छ । बस्नेत विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । पत्रकारितामा आफ्नो क्षमता र कुशलता प्रदर्शन गर्दै आएका बस्नेतले व्यावसायिक पत्रकारिताको संस्थागत विकास र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

प्रेस चौतारीको एक दशक लामो नेतृत्व गरिसकेका बस्नेतले २०५० सालबाट छलफल साप्ताहिक मार्फत पत्रकारिताको सुरूवात गरेका हुन् । बस्नेतले एक दर्जनभन्दा बढी साप्ताहिक पत्रिकामा कार्यकारी सम्पादकको भूमिका निर्वाह गरिसकेका छन् । पत्रकार बस्नेतले स्पेस टाइम्स दैनिकको समाचार सम्पादक, राजधानी दैनिकको कार्यकारी सम्पादक, सौर्य दैनिकको सम्पादक र च्यानल नेपाल टिभीको समाचार प्रमुखको रूपमा समेत काम गरिसकेका छन् ।

पत्रकार बस्नेतले चीन, अमेरिका, भारत, जापान, दक्षिण कोरिया, जर्मन, फ्रान्स, डेनमार्क, बेल्जियम, नर्वे, फिनल्याण्ड, मलेसिया, हङकङ लगायत दुई दर्जन भन्दा बढि देशको भ्रमण गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports