सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

थप पाँच घण्टा ६०० सय मेगावट बिधुत्त दिने भारतको प्रतिबद्धता

884
shares

काठमाडौं । भारतले नेपाललाई हाल उपलब्ध गराउँदै आएको विद्युत् आयात अवधि थप पाँच घण्टा बढाउने भएको छ ।

हाल बिहान ६ देखि साँझ ५ बजेसम्म मात्रै आयात हुने गरेकोमा अब राति ११ बजेदेखि बिहान ४ बजेसम्म पनि विद्युत् उपलब्ध गराउने जानकारी भारतीय समकक्षीले ऊर्जा सचिव सुरेश आचार्यलाई दिएको ऊर्जा मन्त्रालय स्रोतले जानकारी दियो ।भारतले १५ मार्चदेखि सन आवर अर्थात् बिहान ६ देखि साँझ ५ बजेसम्म मात्रै नेपाललाई विद्युत् उपलब्ध गराउने गरी यसअघि स्वीकृति दिएको थियो ।त्यस अवधिमा भारतीय खुला बजार (आईईएक्स) बाट १ हजार ४ मेगावाटसम्म विद्युत् आयात गर्न सकिने गरी स्वीकृति प्राप्त भएको छ । त्यसबाहेक १३ घण्टा आईईएक्सबाट आयात हुने विद्युत् पूरै बन्द हुने गरेको छ ।

अगामी १ अप्रिलदेखि अब राति ११ देखि बिहान ४ बजेसम्म ६ सय मेगावाट विद्युत् आयात गर्न पाइने भएको हो । यसबारे भारतीय पक्षले एसएमएस मार्फत जानकारी गराएको स्रोतले बतायो ।यसरी रातको समयमा ६ सय मेगावाट विद्युत् आयात गर्न पाउँदा औद्योगिक क्षेत्रको लोडसेडिङ घटाउन मद्दत पुग्ने छ । रातको समय १२ घण्टासम्म औद्योगिक क्षेत्रमा लोडसेडिङ हुने गरेकोमा अब त्यो अवधि घट्ने मन्त्रालयको भनाइ छ ।त्यस्तै, रातको समयमा विद्युत् आयात गर्न पाउँदा त्यस अवधिमा पिकिङ रन अफ द रिभर आयोजनाहरू बन्द गरी पानी जम्मा गर्न सकिने र त्यस्तो विद्युत् पिक आवरमा उत्पादन गर्न सकिने छ ।यसैगरी नेपालको एकमात्रै जलाशययुक्त आयोजना कुलेखानीको पानी भण्डारण बचाउन पनि यसले मद्दत गर्ने छ ।

यसअघि गत ३ अक्टोबरमा भारतीय कम्पनी एनभीभीएनसँग भएको सहमति अनुसार २ सय ३० मेगावाट विद्युत् आयात गर्न दिन पनि भारतीय पक्ष सकारात्मक भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।यसअघि विद्युत प्राधिकरणले फलोअप नगरेको भन्दै फेब्रुअरीदेखि नेपालमा आयात हुन सक्ने गरी भएको सम्झौता भए पनि बिजुली दिने अनुमति भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट प्राप्त भएको थिएन ।तर, परराष्ट्रमन्त्री आरजु राणाले त्यो विद्युत् पनि उपलब्ध गराइदिन गरेको अनुरोध अनुसार सहजीकरण प्रयास भइरहेको बारे जानकारी आएको मन्त्रालय स्रोतले जनायो ।३ अक्टोबरमा भएको सम्झौता अनुसार ७.०५ भारु दरमा एनभीभीएनले फेब्रुअरीदेखि मेसम्म २ सय ३० मेगावाट विद्युत् अनवरत उपलब्ध गराउनुपर्ने थियो ।

तर, भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट अनुमति नआएको भन्दै उसले अहिलेसम्म पनि बिजुली दिएको छैन । निकट भविष्यमा नै त्यो विद्युत् पनि आउने सम्भावना बढेको ऊर्जा स्रोत बताउँछ ।अहिले भारतबाट आईईएक्स अतिरिक्त बिहार र उत्तर प्रदेशबाट १३२ केभीभन्दा साना प्रसारण लाइन मार्फत पनि २ सयदेखि २ सय ५० मेगावाटसम्म विद्युत् आयात भइरहेको छ । महाकाली सन्धि अन्तर्गत १६ मेगावाट विद्युत् पनि आयात भइरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports