आज गणतन्त्रबादी र राजाबादीहरूको भिन्नाभिन्नै बिरोध प्रर्दशन
वि.सं.२०८१ चैत १५ शुक्रवार ०९:०१
shares

काठमाडौं । आज राजधानी काठमाडौंका विभिन्न स्थानमा गणतन्त्रवादी दल र राजावादी समर्थकहरुको छुट्टाछुट्टै प्रदर्शन हुँदैछ ।
राजावादीहरुले तीनकुने क्षेत्रमा प्रदर्शन गर्नेछन्, भने गणतन्त्रवादीहरु विभिन्न ठाउँबाट जुलुस निकालेर भृकुटीमण्डपमा भेला गर्नेछन् ।समाजवादी मोर्चामा रहेका दलहरुले गणतन्त्रको पक्ष र दुर्गा प्रसाईंको नेतृत्वमा राजतन्त्रको पक्षमा प्रदर्शन हुने भएको हो ।प्रदर्शनमा अप्रिय घटना हुन नदिन प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाएको बताएको छ ।
अहिले एसईई र अन्य वार्षिक परीक्षा पनि चालिरहेकाले त्यसलाई समेत मध्यनजर गरिएको बताइएको छ ।कतिपय विद्यालयमा भने एसईई बाहेकका अन्य वार्षिक परीक्षा आजका लागि स्थगित गरिएका छन् ।
































