सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज अमेरिकी डलरको मूल्य बढ्यो

468
shares

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनियमदर बढेको छ। अस्ट्रेलियन डलरसहित केही मुद्राको मूल्य भने घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ।विगत केही दिनदेखि धेरैजसो विदेशी मुद्राको विनियमदर घटिरहेको थियो। केही दिनदेखि घट्दै आएका अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारको मूल्य आज केही बढेको हो।

आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५६ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा थियो।गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।त्यसैगरि आज युरोपियन युरो १ को खरिददर १४७ रुपैयाँ ७० पैसा र बिक्रीदर १४८ रुपैयाँ ३५ पैसा छ। हिजो युरो १ को खरिददर १४७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३३ पैसा थियो।

त्यस्तै आज पाउन्ड स्टर्लिङ १ को खरिददर १७७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९५ पैसा छ। हिजो पाउन्ड स्टर्लिङ १ को खरिददर १७६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३७ पैसा थियो।त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ४६ र बिक्रीदर ८६ रुपैयाँ ८३ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ५६ र बिक्रीदर ८६ रुपैयाँ ९४ पैसा थियो।त्यसैगरि कुवेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४४६ रुपैयाँ छ। हिजो कुवेती दिनार १ को खरिददर ४४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ६८ पैसा थियो।

आज बहराइन दिनार १ को खरिददर ३६३ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ८६ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६२ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ५४ पैसा थियो।यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports