लिबरल पार्टीले जित्यो क्यानडाको चुनाव
वि.सं.२०८२ वैशाख १६ मंगलवार १५:०७
shares

अटोवा । क्यानडाको आम चुनावमा मार्क कार्नीको लिबरल पार्टीले जित हासिल गरेको छ। यो जितपछि कार्नीले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निशाना बनाए।
प्रधानमन्त्री कार्नीले भने, ‘राष्ट्रपति ट्रम्पले हामीलाई तोड्न खोजिरहेका छन् ताकि अमेरिकाले हामीमाथि प्रभुत्व जमाउन सकोस् – त्यो कहिल्यै हुनेछैन।’उनले थपे, ‘अमेरिकासँगको हाम्रो पुरानो सम्बन्ध अब समाप्त भएको छ। हामीले अमेरिकी विश्वासघातको आघात पार गरिसकेका छौँ, हामीले एक अर्काको ख्याल राख्नुपर्छ।”ट्रम्पले क्यानडालाई व्यापार युद्धको धम्की निरन्तर दिइरहेका छन् र क्यानडालाई अमेरिकाको ५१ औँ राज्य बनाउने कुरा पनि गरेका छन्।
उता, न्यु डेमोक्रेटिक पार्टी (एनडीपी) ले ठूलो हार बेहोरेको छ। पराजयपछि नेता जगमीत सिंहले पार्टी नेता पदबाट राजीनामा दिने घोषणा गरेका छन्। आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै जगमीत सिंहले भने, ‘यो न्यु डेमोक्र्याटहरूका लागि निराशाको रात हो।’क्यानडाको आम चुनावमा एनडीपीको प्रदर्शन निराशाजनक रहेको छ। चुनावमा यो केवल आठ सिटमा मात्र सीमित हुन सक्ने बताइएको छ। क्यानडामा, हाउस अफ कमन्समा दलको हैसियत प्राप्त गर्न दलहरूलाई कम्तिमा १२ सिट आवश्यक पर्दछ।






































