सत्तारुढ दलको बैठक बस्दै
वि.सं.२०८२ वैशाख १७ बुधवार ०७:५०
shares
काठमाडौँ । सत्तारुढ दलको बैठक बस्दै छ । बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ ।
बैठकमा सत्तारुढ दलका शीर्ष नेता सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।बैठकमा सरकारका कामकारबाही, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नीतिगत विषय, गभर्नर नियुक्ति, शिक्षक तथा चिकित्सकको आन्दोलनलगायत विषयमा छलफल हुने बताइएको छ ।





































