linktrix Long Ad
Salt Trading Long Ad

नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न

845
shares

काठमाडौँ । नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न भएको छ । यससँगै नीति तथा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको संसद सचिवालयले जानकारी दिएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा प्रस्तुत हुनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक दिउँसो ३ः०० बजेका लागि बोलाइएको छ ।नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports