सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा

455
shares

काठमाडौँ । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी चार दिने नेपाल भ्रमणका लागि बुधबार राति काठमाडौँ आइपुगेका छन् । उपसभामुख इन्दिरा राना मगरको निमन्त्रणामा १५ सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका उपाध्यक्ष सिआओ सरकारले आयोजना गरेको सगरमाथा संवादमा सहभागी हुने कार्यक्रम छ ।

बुधबार राती ११: ०५ मा काठमाडौँ आइपुगेका उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही, नेपाल–चीन संसदीय मैत्री समूहका संयोजक नारायणकाजी श्रेष्ठ, नेपालका लागि चीनका राजदूत छङ सोङ, संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेय लगायतले स्वागत गरेका थिए ।उपाध्यक्ष सियाओले प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल प्रचण्डसँग भेट गर्नेछन् भने उपसभामुख इन्दिरा राना मगरसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनको सम्मानमा उपसभामुख रानाले आज साँझ रात्रीभोजको आयोजना गर्नेछिन् । उपाध्यक्ष सियाओ नेतृत्वको संसदीय प्रतिनिधि मण्डलले सगरमाथा संवादमा सहभागी हुनुका साथै काठमाडौँका बौद्धनाथ, स्वयम्भूनाथ, वसन्तपुर दरबार क्षेत्र तथा भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको संघीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिए ।प्रतिनिधि मण्डल भ्रमण सम्पन्न गरी जेठ ३ गते दिउँसो चीन फर्कने कार्यक्रम रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports