सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ओलीको बजेट माथिको छलफलमा तर्क र तथ्यका आधारमा बजेटको बचाउ गर्न पार्टीका सांसदहरुलाई निर्देशन

598
shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट माथिको छलफलमा तर्क र तथ्यका आधारमा बजेटको बचाउ गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

सोमबार बसेको एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् ।‘हामीले नीति कार्यक्रम र बजेट उपयुक्त ल्यायौं’, प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘बजेटमाथि भोलीबाट छलफल प्रारम्भ हुदैछ । माननीयहरुले त्यहाँ तर्कपुर्ण ढंगले बजेटको बचाउ गर्नुपर्छ । विरोधीहरुले हामीलाई धर्मर हुनेगरी कुर्तक राख्नेछन् । ति कुर्तकहरुको दह्रोगरी तथ्य र तथ्यांकसहित खण्डन गर्नुपर्नेछ ।’ तयारी र अध्ययन गरेर बुँदागत रुपमा संसदमा बजेटको पक्षमा बोल्ने गरी संसदमा उपस्थित हुन पनि ओलीले निर्देशन दिए ।

उनले दलको बैठकमा समेत सांसदहरुको उपस्थिति कम देखिएकोमा असन्तुष्टि जनाए । उनले विरोधीले भोलीदेखि संसद चल्न नदिने भनेको भन्दै त्यसका लागि आफुले माओवादी अध्यक्ष प्रचण्डसँग कुरा गर्ने प्रयास गरेपनि सम्पर्कमा नआएको बताए ।‘संसद चलाऊ भनेर मैले प्रचण्डजीसँग पनि कुरा गर्न खोजेँ, हामी लिडरहरुको बिचमा छलफल पनि गरौ भनेर ।उहाँ सम्पर्कमा आउन चाहिरनुभएको छैन’, ओलीले भने, ‘उहाँलाई थाहा नभएको होइन । उहाँलाई धेरैतिरबाट खोजी गर्दा पनि फेला पर्नुभएको छैन ।’उनले संविधान र लोकतन्त्रविपरितको कदम नचाल्न विपक्षीलाई आग्रह समेत गरे । ओलीले प्रचण्डहरु कुरा नगर्ने र संसद बन्द गर्ने मुडमा रहेको हुनसक्ने भन्दै नचाहिने कुरामा संसदलाई रोक्ने, विकासको काम रोक्ने र जनप्रतिनिधिलाई निरर्थक पार्ने काम नगर्न आहन गरे ।

ओलीले गृहमन्त्री रमेश लेखकको विषयलाई लिएर संसद अवरोध नहुने दाबी गरे । ‘यस्तरी संसद अवरोध अव हुन सक्दैन । तर संसद अगाडि बढाउनुपर्छ । ज्याजती धेरै भो । अति भो’, ओलीले भने, सडक अवरोध पनि गरेको छ, कोही बोल्यो माइतीघर मण्डलामा आयो भनेर आयो भने विपक्षी पार्टी सवै कुदेर मण्डला पुग्ने गर्छन ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports