राजावादीको आन्दोलन आज सिफलमा
वि.सं.२०८२ जेठ २० मंगलवार ०८:३४
shares

काठमाडौं । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले मङ्गलवार काठमाडौंको सिफल चौरमा राजसंस्था फर्काउन आन्दोलन गर्ने भएको छ ।सोमबार समिति संयोजक सुवेदीले भोलि दिउँसो २ बजे आन्दोलन सुरु हुने विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
यअसघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सिफल,बल्खु,कोटेश्वर बाहेकका क्षेत्रमा विरोध प्रदर्शन गर्न निषेध गरेको थियो । अन्यत्र प्रदर्शन गर्न निषेध गरिएपछि राजावादी समूहले सिफल चौरमा प्रदर्शन गर्न लागेको हो । वर्तमान व्यवस्था विरोधी राजावादीहरूले पछिल्लो समय राजसंस्था फर्काउन प्रदर्शन गर्दै आएका छन् ।



































