नेपालको संविधानको धारा ७६ को (१७) ले प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनप्रति उत्तरदायी हुनुपर्दछ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ग्लोबल आइएमई बैकद्धारा टोखा र दिक्तेलमा वृक्षारोपण

832
shares

काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सव र विश्व वातावरण दिवसको अवसरमा काठमाडौंको टोखा नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

टोखा नगरपालिकाका विभिन्न विद्यालयमा बैङ्कले १,००० फलफूलका बिरुवा रोपेको छ । उक्त कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।यसैगरी, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न वडामा १,५०० बाँसका बिरुवा रोपिएको छ। कार्यक्रममा खोटाङका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, नगरपालिका प्रमुख, नेपाली सेना, नेपाल प्रहरीका प्रतिनिधि र स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो ।

बैङ्कले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा चालु आर्थिक वर्षमा देशभर १८,००० बिरुवा रोप्ने लक्ष्य राखेको छ । विश्व वातावरण दिवसको अवसरमा सातवटै प्रदेशका विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम सञ्चालन भइरहेको छ । यी कार्यक्रमले जलवायु परिवर्तन न्यूनीकरण र स्थानीय समुदायको आयआर्जनमा सहयोग पुग्ने बैङ्कको विश्वास छ ।ग्लोबल आइएमई बैङ्क ‘ग्लोबल फाइनान्स बेस्ट बैङ्क अवार्ड २०२४’ र ‘युरोमनी अवार्ड फर एक्सेलेन्स २०२४’ अन्तर्गत नेपालको उत्कृष्ट बैङ्कको रूपमा सम्मानित भएको छ । साथै, बैङ्कले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाबाट थुप्रै पुरस्कार प्राप्त गरेको छ । मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको यो निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो। बैङ्कले ३५४ शाखा, ३८५ एटीएम, २०२ शाखारहित बैङ्किङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्रमार्फत उत्कृष्ट बैङ्किङ सेवा प्रदान गर्दै आएको छ ।

बैङ्कले संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत देशबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports