नेपालको संविधानको धारा ७६ को (१७) ले प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनप्रति उत्तरदायी हुनुपर्दछ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रतिनिधिसभा बैठक स्थगित

975
shares

काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । भोलि (बुधबार) दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

मंगलबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजे बस्नेगरी सुरुमा स्थगित भएको थियो ।गृहमन्त्रीको राजीनामा माग गरेका विपक्षी दलहरूसँगको छलफलमा सहमति जुट्न नसकेपछि बैठक पुनः स्थगित गरिएको हो ।भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले राजीनामा माग गरिरहेका छन् ।

आज पनि विपक्षी दलहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरेका थिए । तर, उनीहरू आ–आफ्नो अडानबाट पछि हटेका छैनन् ।बैठक स्थगित भएपछि बैठकका लागि पुगेका सांसदहरू संसद् भवनबाट बाहिरिएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports