गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कुन नैतिकताले अर्ली इलेक्सनको कुरा उठाएको : अध्यक्ष ओली

572
shares

 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तागठबन्धनलाई कुन नैतिकताले अर्ली इलेक्सन को कुरा गरेको भन्ने प्रश्न गरेका छन्। आफूहरूले गत वर्ष नै ताजा जनादेशको माग गर्दै अनेकौं प्रहार गर्नेहरू अहिले अर्ली इलेक्सन कुरा गरिरहेको उनले बताएका हुन् । अध्यक्ष ओलीले आज विज्ञप्ति जारी गर्दै जनताको बीचमा जानुलाई प्रतिगमन भन्न नमिल्ने पनि बताएका छन्।

‘गत वर्ष हामीले ताजा जनादेशको माग गर्दा हामीमाथि अनेकौं प्रहार गरिए। जनताको बीचमा जानुलाई ‘प्रतिगमन’ र जनादेशविपरीत जस्केलाबाट सरकार बनाउनुलाई अग्रगमन‘ भन्ने भाष्य निर्माण गरियो,’ उनले भनेका छन्, ‘प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष नै हुनुपर्छ भन्ने तर्क गर्दै यसको पुनर्स्थापनालाई ‘संविधानको जीत’ का रुपमा व्याख्या गर्ने नेताहरु आज कुन नैतिकता, कुन तर्क र कुन आधारमा ‘अर्ली इलेक्सन’ को कुरा गर्दैछन् ।

ु अर्ली इलेक्सन भन्नुअगाडि गत वर्ष सडक आन्दोलनका नाममा प्रदर्शन गरेको अराजकताका लागि जनतासँग क्षमायाचना गर्नुपर्ने पनि उनले बताएका छन्। साथै उनले जुनसुकै बेलामा निर्वाचन भए पनि आफूहरू सामना गर्न तयार रहेको समेत बताएका छन्। ओलीले ७ नम्बर बुँदामा भनेका छन्, ‘हाम्रो पार्टी गत वर्षदेखि नै ताजा जनादेशको पक्षमा उभिएको र आज पनि हामी यो मान्यतामा अडिग छौं। हामी जुनसुकै बेलामा निर्वाचन भए पनि सामना गर्न तयार छौं।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports