सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

केएल राहुल बने भारतका सबैभन्दा महँगा खेलाडी

572
shares

भारतीय खेलाडी (ओपनर) केएल राहुल इन्डियन प्रिमियर लिग (आईपीएल)को सबैभन्दा महँगो खेलाडी बनेका छन् ।अहिले दक्षिण अफ्रिकामा भइरहेको वानडे सिरिजको कप्तानी सम्हालिरहेका उनलाई आईपीएलको नयाँ फ्रेन्चाइजी लखनउले १७ करोड भारुमा अनुबन्ध गरेको हो । आईपीएल २०२२ मा कुनै पनि खेलाडीले पाउने यो रकम सर्वाधिक हो ।

केएल दायाँहाते प्रख्यात ब्याट्सम्यान हुन् । यसअघि २०१८ देखि २०२१ सम्म रोयल च्यालेन्जर्स बेंगलोरले विराट कोहलीसँग १७ करोडमा अनुबन्ध गरेको थियो ।लखनउ फ्रेन्चाइजीले केएलपछि अष्ट्रेलियाली खेलाडी अलराउन्डर मार्कोस स्टोइनिसलाई ९.२ करोड र रवि बिस्नोइलाई चार करोडमा टिममा सामेल गरेको छ ।यी तीन खेलाडीलाई टिममा अनुबन्ध गरिसकेपछि पनि लखनउ फ्रेन्चाइजीसँग खेलाडी किन्न ५९ करोड बाँकी रहेको बताइएको छ । आईपीएलको १५औं संस्करणमा आठबाट बढेर १० टिम हुने छन् ।

लखनउ फ्रेन्चाइजीले आफ्नो टिमको मेन्टरमा गौतम गम्भीरलाई अघि सारेको छ । टिम कोच भने एन्डी फ्लावर रहेका छन् । गौतम गम्भीर टिम इन्डियाका पूर्वओपनरका साथै कोलकाता नाइट राइडर्स (केकेआर)लाई दुई पटक आईपीएल च्याम्पियन बनाउने खेलाडी हुन् ।

पाँच पटक आईपीएल च्याम्पियन बनिसकेको मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले अहिले (२०२२)मा १६ करोड पाउने छन् भने कोहलीलाई आरसीबीले १५ करोडमा टिममा टिकाइराखेको छ । कोहली आरसीबीमा हालका सबैभन्दा महँगा खेलाडी हुन् ।

सर्वाधिक तलब लिने केएल राहुलले आईपीएलका २७ म्याचमा कप्तानी सम्हालिसकेका छन् । त्यसमध्ये ११ म्याचमा जित र १४ मा हार बेहोरिसकेका छन् । जितको प्रतिशत ४४.४४ रहेको छ । केएल यसअघि पन्जाब किङ्समा थिए, उनले सबैभन्दा बढी रन बटुलेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports