विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सामुदायिक वन उपभोक्ता महासंघको सिट्ठी जुलुस प्रदर्शन

676
shares

काठमाडौँ । समुदायको अधिकार कटौती गर्ने गरी तयार गरिएको वन नियमावली २०७८ को मस्यौदा, प्रदेश वन ऐन र संरक्षित वन क्षेत्र विस्तार, तेहरो कर र वन पैदावार र सदुपयोगमा लगाइएको प्रतिबन्धको विरुद्धमा सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले विरोधका कार्यक्रम सुरु गरेको छ । आजबाट सुरु गरेको कार्यक्रममा महासंघले काठमाडौँको बबरमहलमा साङ्केतिक रूपमा सिट्ठी जुलुस प्रदर्शन गरेको छ ।

वन ऐन २०७६ को कार्यान्वयनका लागि तर्जुमा गरिएको वन नियमावलीको मसौदा उपर विगत लामो समयदेखि छलफल हुँदै आएको र गत वर्ष नै उक्त नियमावलीमा समावेश गरिएका विषयहरूमा लगभग सहमति भएकोमा वन तथा वातावरण मन्त्रालय र सम्बन्धित सरोकारवाला बीच सहमति भएका विषयहरूलाई लत्त्याएर वन नियमावलीको मसौदामा वन ऐन २०७६ विपरीत र सामुदायिक वनको अधिकारमा गम्भीर आघात पर्ने गरी विभिन्न व्यवस्थाहरू समावेश गरिएको भन्दै विरोधका कार्यक्रम सुरु गरेको महासंघका अध्यक्ष भारती पाठकले बताइन् । महासंघले माघ महिना भरी विरोधका कार्यक्रम गर्ने अध्यक्ष पाठकले जानकारी गराइन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports