२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित

1.59K
shares

काठमाडौँ । राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भएका छन् ।

शुक्रबार बसेको बैठकले आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित भएका हुन् । राष्ट्रियसभाले ती विधेयक पारित गरी प्रतिनिधिसभामा पठाएको छ ।बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयकलाई सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस् भनी प्रस्ताव राखेका थिए । उक्त प्रस्तावलाई सभाले बहुमतले पारित गरेको हो ।

त्यसअघि आर्थिक विधेयक माथिको दफावार छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले सुन कारोबारलाई पारदर्शी बनाउँदै यससम्बन्धी अन्तर्राष्ट्रिय समुदायबाट व्यक्त चासो सम्बोधन गर्न सुनका गहनामा विलासी कर लगाउने निर्णय गरिएको बताए । त्यस्तै उनले नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न नीतिगत र कानुनी सुधार गरिरहेको उल्लेख गरे । राष्ट्रियसभाको अर्को बैठक असार २४ गते मङ्गलबार बोलाइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports