तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रभु बैकको अध्यक्षमा कार्की र संञ्चालकमा अर्याल नियुत्त

650
shares

काठमाडौं । प्रभु बैंकको अध्यक्षमा किशोरजंग कार्की नियुक्ति भएका छन् । बैंकको सञ्चालक समितिको आज बसेको बैठकले कार्कीलाई अध्यक्ष चयन गरेको हो । त्यसैगरी, बैंकको सञ्चालक समितिले इन्डिपन्डेन्ट डाइरेक्टरमा रमेशराज अर्याललाई नियुक्त गरेको छ ।

लामो समय सरकारी सेवामा रहेका नवनियुक्त अध्यक्ष कार्की प्रभु बैंकमा १७ वैशाख २०८१ सञ्चालकको रूपमा काम गरेका थिए । कार्कीले २०३९ सालदेखि सरकारी सेवामा काम गरेका थिए । ३८ वर्ष सरकारी सेवामा काम गर्ने क्रममा उनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सहसचिवको रूपमा काम गर्ने क्रममा २०७७ वैशाखबाट अनिवार्य अवकाश पाएका हुन् ।कार्कीले लोकसेवा आयोग, निजामती (राष्ट्रिय) किताबखानाको महानिर्देशकका साथै अर्थ मन्त्रालयमा पनि सहसचिव भएर काम गरेका थिए । महानिर्देशकको रूपमा आन्तरिक राजस्व विभाग, महानिर्देशककै रूपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका साथै सहसचिव हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि काम गरेका थिए । उनले सूचना तथा सञ्चार मन्त्रालयमा पनि काम गरेका थिए ।

आन्तरिक राजस्व विभाग, प्रमुख कर प्रशासक, आन्तरिक राजस्व कार्यालय, काठमाडौं क्षेत्र नं २, बबरमहल र प्रमुख भन्सार प्रशासकको रूपमा त्रिभूवन विमानस्थल भन्सार कार्यालयका साथै उपमहानिर्देशक भएर भन्सार विभागमा काम गरेको अनुभव पनि उनीसँग छ ।त्यसैगरी, नेपाल टेलिकम, मेलम्ची खानेपानी विकास समिति, कृषि अनुसन्धान परिषद, कार्यकारी समिति, कृषि अनुसन्धान कोषमा सञ्चालकको रूपमा पनि काम गरेका थिए भने लेखामान बोर्डमा सदस्य भएका थिए । अनि केन्द्रीय चलचित्र जाँच समिति, राष्ट्रिय समाचार समितिको महाप्रबन्धक छनौट तथा सिफारिस समिति, नेपाल टेलिभिजनको महाप्रबन्धक छनौट तथा सिफारिस समिति, रेडियो नेपालको महाप्रबन्धक छनौट तथा सिफारिस समिति र न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष छनौट तथा सिफारिस समितिमा अध्यक्षको रूपमा काम गरेका थिए ।

साथै पटकपटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई गम्भीरतापूर्वक लिई स्वतन्त्र र निष्पक्ष छानबिन गर्न र त्यस्तो तस्करीजन्य कार्य पूर्ण रूपमा नियन्त्रण गर्न मौजुदा कानुनमा गर्नुपर्ने परिमार्जन, संस्थागत सुधार र पटकपटकको सुन तस्करी सम्बन्धमा नेपाल सरकारका विभिन्न निकायबाट भएका छानबिन समितिमा रहेर पनि उनले काम गरेका थिए ।इन्डिपेन्डेन्ट डाइरेक्टरमा नियुक्त भएका अर्यालसँग लामो समय बैकिङ क्षेत्रमा काम गरेको अनुभव रहेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकहुँदै कुमारी बैंकको सीईओको समेत भएर काम गरेको अनुभव अर्यालसँग छ ।

शंकरदेव क्याम्पसबाट एमबीए गरेका अर्याल कुमारी बैंकको सीईओको रूपमा सन् २०१६ देखि २०२२ सम्म काम गरेका थिए । त्यसै गरी सन् २०१४ देखि २०१५ सम्म कामु सीईओको रूपमा काम गरेका थिए । बैंकमा उनले चीफ मार्केटिङ अफिसर, कर्पोरेट तथा बैंकिङ विभागीय प्रमुखसमेत भएर काम गरेका थिए ।उनीसँग पशुपति बहुमुखी क्याम्पसमा अध्यापन गरेको अनुभव पनि छ । नेपाली सेनाको शिक्षा विङमा शिक्षकको रूपमा काम गरेको अनुभव पनि उनीसँग छ । साथै, अडिट फर्ममा समेत काम गरेका थिए । अर्यालले एक दर्जभन्दा बढी विभिन्न तालिममा प्रशिक्षकको रूपमा कामसमेत गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports