सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग

520
shares

काठमाडाैं | माघ १०, २०७८

अभियान  संवाददाता,

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।

महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले आज विज्ञप्ति जारी गर्दै कोरोना महामारीबीच व्यवसायीले बैंक तथा वित्तीय संस्थाको ब्याज एवम् किस्ता बुझाउन नसकेको उल्लेख गर्दै गत असारदेखि हालसम्म पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरे ।

“पेट्रोलियम पदार्थ प्रत्यक्षरुपमा उपभोग गर्ने यातायात व्यवसायी र आम उपभोक्ता वर्गलाई प्रत्यक्ष असर पर्ने गरी नेपाल आयल निगमले पटकपटक मूल्यवृद्धि गर्नु दुःखद कुरा हो,  मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्छ,” विज्ञप्तिमा उल्लेख छ ।

पेट्रोलियम पदार्थको हालसम्म गरिएको मूल्यवृद्धि फिर्ता नलिएमा महासङ्घले थप निर्णय लिने विज्ञप्तिमार्फत उल्लेख गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports