२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भोटेकोशी र सुनकोशी नदी असपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

1K
shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी र सुनकोशी नदी असपास क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

मंगलबार एक सूचना जारी गर्दै छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको र आज राति बढी वर्षा हुने सक्ने सम्भावना रहेको जानकारी चिनियाँ अधिकारीहरूबाट आएको भन्दै सिन्धुपाल्चोक प्रशासनले यस्तो आग्रह गरेको हो ।

प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, ‘‍…चीनको तिब्ब क्षेत्रको न्यालममा वर्षा भइरहेको र आज राति बढी वर्षा हुन सक्ने सम्भावना रहेको भनी चिनियाँ अधिकारीबाट सूचना प्राप्त भएकोले भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रका बासिन्दाहरूमा सतर्कता अपनाउन र अरनिको राजमार्ग (वन्देउदेखि लिपिङ) मा सवारी साधन चलाउँदा सतर्कता अपनाउन यो सूचना प्रकाशित गरिएको छ ।’

मंगलबार बिहान चीनतर्फबाट आएको बाढीले नेपाल–चीन मितेरी पुल, भन्सार सहितका स्थानमा क्षति गरेको छ ।बाढीले रसुवामा निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाहका १४ कामदार बेपत्ता भएका छन् । नेपाल इन्टरमोडल विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार बेपत्ता हुनेमा ८ नेपाली र ६ चिनियाँ कामदार छन् ।बाढीले निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाहमा ६० प्रतिशत भौतिक क्षति भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports