२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रामकुमारी झाँक्रीलाई ७ दिनको समय, चित्त बुझ्दो जवाफ नदिने पार्टीबाट निष्कासन गर्ने

1.05K
shares

काठमाडौं । नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप ७ दिनको समय दिइएको छ। नेकापा एसको सचिवालय बैठकले झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप ७ दिनको समय दिएको हो ।

अध्यक्ष माधव नेपाल लक्षित आफ्नो अभिव्यक्तिबारे लिखितमा स्पष्टीकरण समय दिने तयारी गरेको हो। बैठकमा सहभागी एक नेताका अनुसार उनलाई १ हप्ताको समय दिइने छ ।‘७ दिन समय दिएका छौं । चित्तबुझ्दो जवाफ नआए थप निर्णय हुन्छ । अधिकांशले पार्टीबाटै हटाउनुपर्ने धारणा राखेका छन् । पछि हट्ने ठाउँ छैन’, ती पदाधिकारीले भने ।नेता प्रकाश ज्वालाले अब देखि पार्टीलाई नकरात्मक असर पार्ने, पार्टी पङतीलाई भ्रम छर्ने अभिव्यक्ति नदिने प्रतिबद्धतासहित ७ दिन भित्र पार्टीमा लिखित आत्मआलोचना गर्ने गरी निर्देशन दिने निर्णय भएको बताए ।

आजको बैठक झाँक्रीलाई सचेत, निलम्बन वा निष्कासनमध्ये के गर्ने भन्नेमा केन्द्रित थियो । झाँक्री स्वयंलाई आत्मालोचना (माफी माग्ने) मौका दिनुपर्ने पनि केहीले राय राखेका थिए ।अध्यक्षमाथि बोल्नै नहुने कुरो बोलेको भन्दै यसले पार्टीमा अराजकता बढ्ने जसले जे मन लागो त्यही गर्ने नजिर बस्ने भएकाले आत्मालोचना सहितको जवाफ आउँछ आउँदैन ? केही दिन कुर्ने निचोड निकालिएको छ । लुम्बिनीको एक कार्यक्रममा झाँक्रीले ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्लि महाधिवेशनबाट नेतृत्व फेर्नुपर्ने बताएकी थिइन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports