linktrix Long Ad
Salt Trading Long Ad

कहाँ छ हो यो प्रधानमन्त्रीको सुशासन आयोग ? : राजेन्द्र लिङ्देन

1.01K
shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन ले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठित सुशासन आयोगको खोजी गरेका छन् ।

‘कहाँ छ हो यो प्रधानमन्त्रीको सुशासन आयोग ? आज जनताले, देशले खोजिरहेको छ,’ सोमबार प्रतिनिधिसभाको बैठकमा उनले भने ।८ वैशाख २०८२ मा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीकै अध्यक्षतामा सुशासन आयोग गठन गरेको थियो । उक्त आयोगले के गरिरहेको छ भनेर राप्रपा अध्यक्ष लिङ्देनले संसद्‍मा प्रश्न गरेका हुन् ।

मन्त्रीहरू एकपछि अर्को लेनदेन कान्डमा मुछिएको भन्दै उनले नैतिकता भए त्यस्ता मन्त्रीको राजीनामा आउनुपर्ने वा बर्खास्त गरिनुपर्ने उनले बताए । मन्त्रीका गलत कार्यको विषयमा निरन्तर प्रश्न उठाइरहने उनको चेतावनी छ ।भिजिट भिसामा जानेसँग अपारदर्शी रूपमा रकम लिने गलत कार्य भएको र जनताले पनि नियालिरहेको उनले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports