कांग्रेस–एमाले दुवै दलले गरे ठहर पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउन मिल्दैन ?
वि.सं.२०८२ साउन ८ बिहीवार १०:५६
shares

पूर्व राष्ट्रपति भण्डारी भन्छिन् म अगाडि बढेँ ?
काठमाडौ । नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउन नमिल्ने संस्थागत निर्णय गरेको छ भने नेपाली कांग्रेसले समेत मुलुकको राष्ट्रपति भैसकेको व्यक्तिहरु सक्रिय राजनीतिमा आउन नमिल्ने उद्घोष गरेको छ । नेकपा एमालेको नवौँ केन्द्रीय कमिटीको बैठकले पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउन उचित नहुने निष्कर्ष निकालेको छ । दुई दिनसम्म चलेको बैठकले राष्ट्रपति जस्तो अभिभावकीय पदमा पुगेका व्यक्ति पुन सक्रिय राजनीतिमा फर्केन नहुने निष्कर्ष निकालेका हो । राष्ट्रपति जस्तो अभिभावकीय भूमिका बोकेको र सम्वैधानिक ओहदा भएकाले त्यस पछिको राजनीतिमा पुन सक्रियता खोज्नु संस्थागत मर्यादा विपरिच हुने बैठकले निष्कर्ष निकालेको हो । राष्ट्राध्यक्ष जस्तो उच्च पदमा पुगेका व्यक्तिलाई तल ल्याएर काम लगाउँदा उहाँप्रति पनि अपमान हुन सक्छ भने भावना बैठकमा व्यक्त भयो भन्ने एमालेले निष्कर्ष निकालेको छ ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिमा फर्किने निर्णय गरेपछि सो विषयमा बहस सुरु भएको थियो । राष्ट्रपति व्यक्ति नभएर एउटा संस्था भएको र राष्ट्रपति संविधानको पालक संरक्षक र नेपाली सेनाको परामाधिपति समेत हुने सम्वैधानिक व्यवस्था भएकाले गर्दा पूर्व राष्ट्रपति पुन सक्रिय राजनीतिमा फर्किनु हुन्छ कि हुँदैन भनेर बहस समेत चलेको थियो । नेपाली कांग्रेस र नेकपा एमालेले पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा फर्किन नहुने निर्णय गरी सार्वजनिक गरी सकेका भएपनि माओवादी सहितका अन्य दलहरुले भने त्यस विषयमा केही बोलेका छैनन् । स्मरणरहोस् माओवादीबाट उपराष्ट्रपति बनेका नन्दबहादुर पुन आफ्नो पदावधि समाप्त भएपछि पुन माओवादीमा सक्रिय रहेका मात्र छैनन् उनी माओवादी केन्द्रका उपाध्यक्ष समेत भएका छन् ।
नेकपा एमालेले पूर्व राष्ट्रपतिका हकमा भने भोली जनताले प्रणालीमाथि प्रश्न उठाउन सक्ने र सो प्रश्नलाई रोक्नका लागि पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउनु हुँदैन भन्दै राष्ट्रपति जस्तो गरिमामय पदमा पुगेका व्यक्तिले कुनै पार्टीको झण्डा बोकेर हिड्नु हुँदैन भन्ने निष्कर्ष निकालेर भण्डारीलाई राजनीतिमा आउनबाट रोकेका छ । राष्ट्रको अभिभावक र संविधानकाले पालक, संरक्षक र नेपाली सेनाको परमाधिपति रहीसकेका व्यक्ति एउटा पार्टीको नेतामा खुम्चिनु भन्दा पूर्वराष्ट्रपतिले पूर्व राष्ट्रपतिकै हैसियतमा बसेर नेपाली जनताको अभिभावकको भूमिका निभाउनु सबै भन्दा राम्रो विकल्प भएपनि किन र केका लागि पुन सक्रिय राजनीतिमा आएर एउटा दलको नेतामा खुम्चिनु खोज्नु कुनै सर्तमा पनि उचित हुन सक्दैन । पूर्व राष्ट्रपति भै सकेका व्यक्तिहरुले पार्टीगत स्वार्थभन्दा माथि उठेर सबै राजनीतिक दलहरुलाई सरसल्लाह दिने गरेको खण्डमा त्यस्ता पूर्व राष्ट्रपति मुलुककै अभिभावक हुन सक्ने सम्भावना जिवितै रहेकाले गर्दा पूर्व राष्ट्रपतिकै हैसियतमा रहेर देश र जनताको सेवा गर्न सकिने आधार देखिएकाले गर्दा भण्डारीमात्र होइन कुनैपनि पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउन खोज्नु आफ्नो हैसियत र मर्यादालाई विर्सिनु हो । पूर्व राष्ट्रपतिहरुले आफ्नो मर्यादा आफैँ राखेर जनतामा त्यो सन्देश प्रवाह गर्न उचित विकल्प हुन सक्छ ।
राष्ट्रपति रहेका बेला सरकारले गरेका कतिपय कामको बारेमा विवाद उत्पन्न हुने गरेका छन् ।
सरकारका निर्णयहरु र संसदले बनाएका कानुनहरु समेत विवादको घेरामा परेका हुन्छन ति विषयमा अदालतमा मुद्दा पर्दछ । अदालतले त्यस्ता निर्णयहरुका बारेमा राष्ट्रपतिले गरेको प्रमाणीकरणका बारेमा समेत विवाद उत्पन्न नगराउने र सरकारको दोष देखाउने गरेको हुनाले पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउँदा आफैँले प्रमाणिकरण गरेको कतिपय विषयहरुका विरुद्धमा बोल्नुपर्ने हुन्छ त्यसबेला एउटा पार्टीका हितका लागि बोल्नुपर्ने र राजनीति गर्नुपर्ने भएकाले गर्दा समेत त्यस्ता विवादहरुबाट मुक्त हुनका लागि समेत पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउनु किमार्थ उचित हुन सक्दैन । मुलुकको राष्ट्रपति भैसकेका व्यक्ति पुन सक्रिय राजनीतिमा आएर एउटा दलको झण्डा बोकेर त्यही झण्डामै सिमित हुनुभन्दा मुलुकको अभिभावकीय भूमिकामा रहेर सबै राजनैतिक दलको र सम्पूर्ण नेपाली जनताको अभिभावको भूमिकामा रहनु नै पूर्व राष्ट्रपतिको हितमा हुनेछ ।
जनताको हितमा लागि काम गर्न पद नै चाहिँदैन भने विश्वका धेरै नेताहरुले उदाहरण दिईसकेका छन् । नेपालमै पनि महावीर पुन कुनै राजनीति दलमा संलग्न छैनन् तर उनले जनताको हितका लागि महत्वपूर्ण कार्यहरु गर्दै आएका छन् । भण्डारीले समेत मदन भण्डारी फाउण्डेशनबाटै जनताका हितका लागि महत्वपूर्ण कार्यहरु गर्न सक्ने सम्भावना रहेकाले गर्दा तत्काल सक्रिय राजनीतिमा नआउने घोषणा गरेर आफूँ सम्पूर्ण नेपाली जनताको अभिभावक रहेको घोषणा गर्नु नै भण्डारी, एमाले र नेपाली जनताको हितमा हुनेछ ।



































