तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बाजुरामा बाढीले २ घर बगायो, स्थानीय त्रसित

611
shares

काठमाडौं । बाजुराको हिमाली गाउँपालिका-१ मा बिच्छ्या खोलामा आएको बाढीले दुई घर बगाएको छ । बुधवार साँझ ७ बजे आएको बाढीले स्थानीय सब्बली थापा र सन्चलाल थापाको घर बगाएको वडा सचिव सन्जिव चौधरीले जानकारी दिए ।

बाढीले झोलुङ्गे पुल र बिच्छ्या माध्यमिक विद्यालयमा समेत क्षति पुगेको छ । वडा कार्यालय पनि बाढीले क्षति पुर्‍याएको छ ।बाढी गडगडाउँदै आएपछि खोला किनारका बासिन्दा भागेर सुरक्षित अग्लो ठाउँमा पुगेका थिए । लगातार वर्षा भइरहेकाले बाढी अझै बढ्ने र थप क्षति हुन सक्ने भन्दै स्थानीयवासी त्रसित छन् ।

मानवीय क्षति भने भएको छैन । बिच्छ्या खोला कुवाडी खोलामा मिसिने भएकाले कुवाडी खोला आसपासका बासिन्दालाई सतर्क रहन गाउँपालिकाले आग्रह गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports