तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ट्रम्प र पुटिनबीच ३ घण्टा वार्ता, तर कुनै सहमति भएन

806
shares

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अमेरिकाको अलास्कामा रुस–युक्रेन युद्धबारे ३ घण्टा लामो भेटवार्ता भएको छ ।

ट्रम्प र पुटिनबीचको बैठकमा युद्धविरामको घोषणा हुन सकेन । भेटवार्तापछि दुई नेताले १२ मिनेटको पत्रकार सम्मेलन गरे ।पत्रकार सम्मेलनको क्रममा ट्रम्पले बैठक धेरै सकारात्मक रहेको बताए । ‘हामी धेरै बुँदाहरूमा सहमत भयौँ, तर कुनै सम्झौता भएन । अन्तिम रूप पाएपछि मात्र सम्झौता हुनेछ ।’ ट्रम्पले भने ।

यसैगरी, पुटिनले रुसको सुरक्षा आफ्नो लागि सबैभन्दा महत्त्वपूर्ण छ भने । उनले अर्को बैठक मस्कोमा आयोजना गर्न सुझाव दिए ।पत्रकार सम्मेलनमा उनीहरूले पत्रकारहरूको कुनै पनि प्रश्नको जवाफ दिएनन् । दुवै नेताले आफ्नो कुरा राखेपछि मञ्चबाट बाहिरिएका थिए ।

पुटिन करिब १० वर्षपछि शनिबार अमेरिका आइपुगेका हुन् । यहाँ उनलाई बी–२ बमवर्षक विमानले स्वागत गरेको थियो । रातो कार्पेटमा आइपुग्ने बित्तिकै ट्रम्पले उनको प्रशंसा गरेका थिए ।यसैबीच, बैठकपछि पुटिन मस्को प्रस्थान गरिसकेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports