२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रवि लामिछानेको माग पुरा, नख्खु कारागारमा सरुवा गरिने सरकारको निर्णय

1.56K
shares

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागार सरुवा गर्ने निर्णय गरिएको छ ।

नख्कु कारागार सरुवाका लागि लामिछानेले दिएको निवेदनको आधारमा उनलाई सरुवा गर्ने निर्णय गरिएको कारागार विभागका सूचना अधिकारी सन्देश प्रसाद जोशीले जानकारी दिए ।उनी हाल पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा छन् ।

‘उहाँकै मागअनुसार नक्खु कारागार पठाउने निर्णय भएको हो, हामीले त्यहाँको कारागारमा पत्राचार गरिसकेका छौँ आजै, अब हवाई यात्राबाट ल्याउने कि कसरी ल्याउने जिल्लाले निर्णय गर्नेछ, सुरक्षाको पनि कुरा छ, कहिले कसरी ल्याउने भन्ने अब जिल्लाले नै निर्णय गरेर पठाउँछ’ उनले भने ।विभागको पत्र जिल्ला कारागार पुगिसकेको भन्दै अब त्यहाँबाट सरुवा गरिने सूचना अधिकारी जोशीले जानकारी दिए ।‘‘उहाँको मन्जुरीनामा नै नक्खु कारागार भनेर माग्नुभएको थियो, सोही अनुसार निर्णय गरेर पठाएका हौँ, अबको प्रक्रिया जिल्लाले अघि बढाउने छ’ जोशीले भने ।

चैत २५ देखि उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशमा रुपन्देही कारागारमा रहेका लामिछानेको सरुवा अब यहाँको प्रशासन र सिडिओ कार्यालयले प्रक्रिया अघि बढाउनेछन् ।यसअघि गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा लामिछानेको कारागार सरुवाको काम भइरहेको जवाफ रास्वपाका सांसदहरूलाई दिएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports