बिष्णुमती नदिले खतराको तह पार गर्यो, सर्तक रहन आग्रह
वि.सं.२०८२ साउन ३१ शनिवार १९:१०
shares

काठमाडौं । काठमाडौंको विष्णुमती नदीले खतरा तह पार गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शनिबार अपरान्ह एक सूचना जारी गर्दै विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा खतराको तह पार गरेकाले नदी तटीय क्षेत्रमा सावधानी अपनाउन भनेको हो ।
‘काठमाडौं जिल्लास्थित विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा हालको जलसतह खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र विष्णुमती नदी किनार भई यात्रा गर्नेहरूले सतर्कता अपनाइराखौँ ।’ महाशाखाले एक सूचना जारी गर्दै भनेको छ ।
































