तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पत्रकारले वैशाखी टेकेर हिँड्नुपर्ने अबस्था किन आयो ? : प्रधानमन्त्री ओली

793
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरमा वकिलहरूले पत्रकारहरूमाथि गरेको आक्रमणप्रति चासो ब्यक्त गर्नुभएको छ ।

शुक्रबार जनकपुरमा मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटनका क्रममा उहाँले नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव शैलेन्द्र महतोसहितका पत्रकारमाथि वकिलहरूबाट अंगभंग हुनेगरि भएको आक्रमणप्रति चासो व्यक्त गर्नुभएको हो । ‘पत्रकारले वैशाखी टेकेर हिँड्नुपर्ने अवस्था किन आयो ? ’ सभास्थलमै रहेका पत्रकार महतोलाई इंगित गर्दै प्रधामन्त्री ओलीले भन्नुभयो, ‘यस विषयमा म प्रहरी प्रशासनको ध्यानाकर्षण गर्न चाहन्छु। वार्ता र संवादबाट समाधान हुने विषयमा जोरजुलुम गर्ने परिपाटीको अन्त्य हुनुपर्यो।’

पत्रकार महासंघले कानुनी प्रक्रिया पूरा गरेर गुठी संस्थानबाट प्राप्त गरेको जग्गा संरक्षण गर्न खोज्दा नेपाल बार एसोसिएसनमा आवद्ध वकिलहरूले यही साउन २७ गते पत्रकारहरूमाथि आक्रमण गरेका थिए। वकिलको आक्रमणमा परेर पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा, महिला उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र महतो क्रान्ति, पत्रकार दिवाकर राय, अनिल निरालासहित आधा दर्जन पत्रकार घाइते भएका थिए।

पत्रकारहरूमाथि गुण्डागर्दी शैलीमा भएको आक्रमणको पत्रकार महासंघसहितका संघ-संस्थाले निन्दा गरेका छन्।आफूहरूले सबै कानुनी प्रक्रिया पूरा गरेर गुठी संस्थानबाट लिजमा प्राप्त गरेको जग्गा संरक्षण गर्न खोज्दा बार एसोसियनले अवरोध गरेको पत्रकार शैलेन्द्र महतोले बताएका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports