सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सर्वोच्च अदालतमा बस्यो फुल कोर्टको बैठक, संवैधानिक इजलास गठनको गाँठो फुक्ला त?

923
shares

सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको बैठक (फुलकोर्ट) बसेको छ।

बुधबार अपरान्ह खाजा समयमा उक्त बैठक बसेको हो।गत असार १८ गते संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति विवादमा निर्णय सुनाएयता संवैधानिक इजलास गठन हुन नसकिरहेका बेला बुधबार फुल कोर्ट बसेको हो।

संवैधानिक इजलास कसरी गठन गर्ने भन्ने विषयमा प्रधान्यायाधीश प्रकाशमान सिंह राउत र अन्य न्यायाधीशहरूबीच मतभेद छ। फुलकोर्टबाट यसको गाँठो फुक्ने अपेक्षा गरिएका बेला यो बैठक बसेको भए पनि के निर्णय भयो भनेर खुलाइएको छैन।आजको बैठकमा मुख्य रजिस्ट्रार विमल पौडेलका अलावा सहरजिस्ट्रारहरूलाई पनि बोलाइएको थियो। कानुन मन्त्रालयले केही कानुनका विषयमा राय मागेको र त्यसमा परामर्श दिने काम आजको बैठकमा भएको बताइएको छ।

सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले भने आजको बैठक नियमित र सामान्य भएको बताए। उनले भने, ‘त्यस्तो विशेष निर्णय केही छैन। प्रायः चिया समयमा बस्ने गरेको यो नियमित र सामान्य बैठक हो।’संवैधानिक पदाधिकारी नियुक्ति विवादमा आफू अल्पमतमा परेपछि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अहिलेसम्म संवैधानिक इजलास गठन गरेका छैनन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports