उपत्यकाका तिनै जिल्लाका सीडीओ फेरिए
वि.सं.२०८२ भदौ ५ बिहीवार ०८:०९
shares

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । बुधबार उपत्यकाका यी तीन जिल्लाका सीडीओसहित विभिन्न जिल्लाका सहसचिवहरूको सरुवा भएको हो ।
जस अनुसार काठमाडौंमा छविलाल रिजाललाई पठाइएको छ ।ललितपुरमा सहसचिव सुमन घिमिरेलाई खटाइएको छ ।
त्यस्तै, काठमाडौंका सीडीओ ऋषिराम तिवारीलाई भने गृह मन्त्रालय तानिएको छ ।भक्तपुरमा गृह मन्त्रालयका सहसचिव नमराज घिमिरेलाई सरुवा गरिएको छ ।




































