सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

शुक्रबार भूमी विधेयक पारित गर्दै प्रतिनिधिसभा

546
shares

काठमाडौं । शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पारित गर्ने गरी सम्भावित कार्यसूची तय भएको छ ।

बिहीबार बसेको सभामुख देवराज घिमिरे सहित प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठकपछि सम्भावित कार्यसूची सार्वजनिक भएको हो ।जसअनुसार शुक्रबारको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

छलफलमा सांसदहरूले उठाएका विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अधिकारीले जवाफ दिनेछन् ।त्यसपछि मन्त्री अधिकारीले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले यही भदौ ५ गते यो विधेयक पास गरेर भदौ ६ गते सभामा विधेयकको प्रतिवेदन पेस गरेको थियो ।शुक्रबार पास गरेर प्रतिनिधिसभाले राष्ट्रिय सभामा पठाउन लागेको हो । राष्ट्रिय सभाले पनि पास गरेपछि पुन: प्रतिनिधिसभामा आउँछ । प्रतिनिधिसभामा फर्किएपछि सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रुपमा रुपान्तरित हुन्छ ।

यो विधेयक ऐनमा रुपान्तरित भएपछि भूमि ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र वन ऐन २०७६ मा संशोधन हुनेछ । यी ऐनमा संशोधन भएसँगै घरजग्गा व्यावसायीले हदबन्दी छुटमा बनेको आवास बेच्न पाउनेछन् । भूमिको वर्गीकरण गर्दा अवास र आवासीयमा नपरेका जग्गा समेत कित्ताकाट गरेर बेच्न पाउनेछन् ।अव्यवस्थित बसोबासीलाई समेत वर्गीकरण गरेर राजयले जमिन दिने बाटो खुला हुनेछ । यो सँगै भूमिहीन दलित, भूमिहीन सुकुुमबासीलाई समेत जग्गा दिने व्यवस्था राखिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports