सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज सातै प्रदेशमा वर्षाको सम्भावना

507
shares

काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शुक्रबार बिहान देशभरि आंशिकदेखि साधारणतया बदलीको अवस्था छ । साथै देशका अधिकांश भूभागमा वर्षा भइरहेको महाशाखाले जनाएको छ । कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा पनि भएको छ ।शुक्रबार दिउँसो देशभरि नै बदली हुने पूर्वानुमान छ । साथै, सातै प्रदेशका अधिकांश पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद गोविन्द झाले जानकारी दिए ।

कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भूभागहरूमा भारी वर्षाको पनि सम्भावना रहेको उनले बताए । शुक्रबार राति पनि देशैभरि आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ ।राति कोशी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि मौसमविद झाले जानकारी दिए । उनका अनुसार भोलि मौसम केही सुधार हुने सम्भावना हो । यो मनसुनको समय भएकाले जलवाष्पयुक्त हावा पनि आइरहेको महाशाखाले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports