सुनको मूल्य २ लाख नाघ्यो, आज हालसम्मकै उच्च मूल्य कायम
वि.सं.२०८२ भदौ १३ शुक्रवार १२:३४
shares

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य २ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य शुक्रबार २ लाख ६ सय रुपैयाँ कायम भएको हो । सुनको मूल्य यो हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।
यसअघि बिहीबार सुनको मूल्य तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ थियो । जसअनुसार आज १२०० रुपैयाँ वृद्धि भएको हो । यसैबिच चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा २ हजार ३५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार २ हजार ३६० रुपैयाँ पुगेको हो ।
































