सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्वराष्ट्रपति विद्या भण्डारी बाराका नेता–कार्यकर्तासँग भेटवार्तामा

572
shares

बारा । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बाराका नेता–कार्यकर्ताहरुसँग भेटवार्ता गरिरहेकी छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघको कार्यक्रममा भाग लिन भण्डारी मधेश झरेकी हुन् । हिजै संघको कार्यक्रम सकिए पनि भण्डारी भोलिसम्म बारामै बस्ने भएकी हुन् ।‘आज कलैयामा केही कार्यक्रमहरु तय भएको छ । भोलिसम्म यतै रहन्छौं’, भण्डारीसँगै रहेका नेता प्रकाश पौडेलले भने । उनका अनुसार सामाजिक संघसंस्थाका कार्यक्रम सँगै भेटवार्ता चलिरहेको छ ।

पूर्वराष्ट्रपति भण्डारी आज बिहान गढीमाइ मन्दिर पुगेकी थिइन् । उनलाई महागढीमाइ नगरपालिकाका मेयर उपेन्द्र यादव सहितका स्थानीयले स्वागत गरेका थिए ।गढीमाइबाट फर्किएपछि मदन भण्डारी फाउण्डेसन बीरगञ्जको कार्यक्रममा सहभागी भइन् । फाउण्डेसनले सरकारी सेवामा नाम निकाल्ने युवाहरुलाई सम्मान कार्यक्रम राखेको थियो । सम्मान कार्यक्रमपछि स्थानीय नेताहरुसँग भेटघाट चलिरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports