सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बीपी राजमार्गमा भदौ मसान्तसम्मका लागि साँझ ६:३० बजे देखि बिहान ५ बजे सम्म यात्रुवाहक सवारी चलाउन रोक

741
shares

काठमाडौं । बीपी राजमार्गमा भदौ मसान्तसम्मका लागि साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक सवारी चलाउन रोक लगाइएको छ ।

आइतबार जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकले भदौ मसान्तसम्मै राति गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो ।गत वर्षको वर्षातले बनाएको क्षतबिक्षत विपी राजमार्गमा, कमजोर भौगोलिक अवस्था र मनसुन अझै कायम रहेको हुँदा भदौ मसान्तसम्मै राती सवारी साधन सञ्चालन गर्न नपाइने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने निजी तथा सार्वजनिक सवारी साधनलाई साँझ ५ देखि बिहान ५ बजेसम्म रोक लगाउनले निर्णय भएको हो ।काभ्रेको काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट सडकखण्ड बढी जोखिमयुक्त भएकाले सार्वजनिक र निजी यात्रु गाडी चलाउन रोक लगाइएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports