२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको आफूले पठाएको पत्र अध्ययन गरेर सुझाव दिन अनुरोध

1.09K
shares

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पठाएको पत्र अध्ययन गरेर सुझाव दिन अनुरोध गरेकी छन् ।

शुक्रवारबाट ललितपुरको गोदावरीमा सुरु भएको दोस्रो विधान अधिवेशनमा सहभागी हुन वञ्चित गराइएको भन्दै पूर्वराष्ट्रपति भण्डारीले शुभकामना सन्देश दिँदै चिठी अध्ययन गर्न आग्रह गरेकी हुन् ।नेकपा एमालेको सचिवालय बैठकले पार्टी सदस्य नरहेको व्यक्ति विधान अधिवेशनमा सहभागी हुन नसक्ने निर्णय गरेको थियो ।

बिहीबार साँझ बसेको सचिवालय बैठकले पार्टीले कसलाई सदस्यता दिने वा नदिने भन्ने विषय केन्द्रीय कमिटीको अधिकार क्षेत्रभित्र पर्ने र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नभएको अवस्थामा विधान अधिवेशनमा एजेण्डा पनि बन्न नसक्ने बताएको थियो ।पार्टीको सचिवालय बैठकले अधिवेशनमा जान रोकेपछि न्युज एजेन्सी नेपालमार्फत भिडियो सन्देश दिँदै भण्डारीले प्रतिनिधिहरूलाई सफलताको शुभकामना व्यक्त गरिन् ।

एमाले र आफ्नो उद्देश्य एउटै भएकाले सबैले मिलेर समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्नुपर्ने बताइन् ।विधान महाधिवेशनमा उपस्थित हुने पार्टीका सदस्यहरूको उपयुक्त सुझाव र सल्लाह पाउने आशा व्यक्त गरिन् । एमालेको काँधमा देश विकास गर्ने ठुलो जिम्मेवारी रहेको र त्यसलाई पूरा गर्न भावनात्मक, सङ्गठनात्मक रूपमा एकसाथ भएर अघि बढ्न सुझाव दिइन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports